Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

साफ यू–१९ महिला फुटबलमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दै

साफ यू–१९ महिला फुटबलमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दै

  • आइतवार, पौष ४ २०७८

  • 640
    SHARES

  • साफ यू–१९ महिला फुटबलमा नेपालले आज  भारतविरुद्ध प्रतिस्पर्धा गर्दै

    काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

    बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

    शीर्ष स्थानमा रहेर फाइनल नजिक पुगेको नेपालले आजको खेलमा बराबरी गरे मात्र पनि फाइनलमा स्थान बनाउनेछ ।

    भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दुई खेलमा जित र एकमा हार बेहोरेको भारत भने ६ अंकमा तेस्रो स्थानमा छ ।

    भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

    नेपालले तीन खेलमा २ जितसहित ७ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ ।
    नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । शुक्रबार भएको तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।

    पाँच टोली सहभागी च्याम्पियनसिपको शीर्ष दुईमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछ ।


    आइतवार, पौष ४ २०७८०८:३५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij