Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

न्यायालय समस्याको निकास खोज्न प्रधानमन्त्रीलाई महान्यायाधिवक्ताको आग्रह

न्यायालय समस्याको निकास खोज्न प्रधानमन्त्रीलाई महान्यायाधिवक्ताको आग्रह

  • बिहिवार, पौष ८ २०७८

  • 866
    SHARES

  • न्यायालय समस्याको निकास खोज्न प्रधानमन्त्रीलाई महान्यायाधिवक्ताको आग्रह

    काठमाडौं – महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायपालिकाको समस्यामा चाँडै निकास दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।

    बिहीबार महान्यायाधिवक्ता कार्यालयको ७१ औं स्थापना दिवसको कार्यक्रममा महान्यायाधिवक्ता खातीले न्यायालयमा देखिएको अन्योलमा चाँडो भन्दा चाँडो निकास दिन आग्रह गर्नुभएको हो ।


    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले दुई महिना भन्दा अघिदेखि आन्दोलन गरिरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशले तोकेको पेशी बहिस्कार गर्दै आएका थिए र मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्न थालिएको छ । न्याय क्षेत्रका विभिन्न संस्था र व्यक्तिहरुले प्रधानन्यायाधीशलाई निकास दिन आग्रह गरेका छन् ।

    प्रधानमन्त्री देउवा उपस्थित कार्यक्रममा महान्यायाधिवक्ता खातीले स्वतन्त्र र सक्षम न्यायपालिका, न्यायाधीशको कामकारबाही र अदालतको विकृति विसंगतिबारे कुरा उठिरहेको भन्दै विपक्षी दल र सर्वदलीय छलफलबाट यो विषय टुंगो लगाउन आग्रह गर्नुभएको हो ।

    उहाँले भन्नुभयो, ‘यस विषयमा सम्माननीयज्यूलाई मेरो सादर अनुरोध छ, यो सन्दर्भमा अपोजिसन पार्टीसँग बसेर कुरा गरेर सबैसँग सर्वदलीय मिटिङ गरेर भए पनि एउटा निकास दिनुपर्छ ।’a


    बिहिवार, पौष ८ २०७८०६:१७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij