Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एसियन सेन्ट्रल जोन भलिबल : नेपाली महिला टिम फाइनलमा

एसियन सेन्ट्रल जोन भलिबल : नेपाली महिला टिम फाइनलमा

  • आइतवार, पौष ११ २०७८

  • 1.0K
    SHARES

  • एसियन सेन्ट्रल जोन भलिबल : नेपाली महिला टिम फाइनलमा

    काठमाडौँ । साविक विजेता नेपाल बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम लिग खेलअघि नै फाइनलमा स्थान पक्का गरेको हो । नेपालले यसअघि श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो भने माल्दिभ्स र बंगलादेशलाई पनि सोझो सेटमा पराजित गरेको थियो ।

    ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानविरुद्ध पहिलो सेट २५–२० ले जित्दै अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट नेपालले २५–२३ ले जित्दै खेलमा २–० को अग्रता बनायो । २३–२३ को अवस्थामा पुगेको अवस्थामा नेपालले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पारेको थियो ।

    तेस्रो सेट पनि २५–१४ ले जित्दै नेपालले सोझो सेटमा खेल जितेको हो । चौथो जितपछि नेपाल ११ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । श्रीलंका १० अंकसहित दोस्रो स्थानमा छ । पहिलो हारपछि उज्वेकिस्तान ९ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

    आइतबारै भएको खेलमा श्रीलंकाले घरेलु टोली बंगलादेशलाई हराउँदै लगातार तेस्रो जित निकालेको छ । अब सोमबार श्रीलंका र उज्वेकिस्तानबीच हुने खेलको विजेता फाइनल प्रवेश गर्नेछ । नेपालले सोमबार लिगको अन्तिम खेल कीर्गिस्तानसंग खेल्नेछ ।


    आइतवार, पौष ११ २०७८०३:५८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij