Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सेन्ट्रल जोन भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै

सेन्ट्रल जोन भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै

  • मंगलवार, पौष १३ २०७८

  • 654
    SHARES

  • सेन्ट्रल जोन भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै

    काठमाडौँ । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिला तर्फको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त बिहान ११ः१५ बजे सुरु हुने छ ।

    साविक विजेता नेपाल आज उज्वेकिस्तानलाई हराएर उपाधि जित्ने योजनामा रहेको छ । जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ । नेपाल अपराजित रहँदै च्याम्पियन बन्ने दाउमा समेत रहेको छ ।

    यता, उज्वेकिस्तान नेपालसँग बदला लिँदै उपाधि जित्न चाहन्छ । राउण्ड रोबिनको लिग खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । उज्वेकिस्तान दोस्रो स्थानमा रहँदै नेपालसँगको भेट पक्का गरेको हो ।

    यस्तै महिलातर्फको तेस्रो स्थानका लागि श्रीलंका र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्ने छ । नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुने छ ।


    मंगलवार, पौष १३ २०७८०६:३९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij