Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

खराब मौसमका कारण हवाइ उडान प्रभावित

खराब मौसमका कारण हवाइ उडान प्रभावित

  • मंगलवार, पौष १३ २०७८

  • 974
    SHARES

  • खराब मौसमका कारण हवाइ उडान प्रभावित

    काठमाडौं । खराब मौसमका कारण आज काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको छ ।

    मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएको विमानस्थलले जनाएको छ । कतिपय विमानस्थलहरू ढिलागरी खुलेपछि उडान डिले भएका छन् । अझै कतिपय विमानस्थल खुलेका छैनन् ।

    मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान केहीबेर रोकिएको थियो ।

    काठमाडौंमा रहेको नेपालको एकमात्र ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ मा जहाज उडान–अवतरण डिले हुँदै आएको छ । विभिन्न कारणहरुले उडान डिले हुँदा विभिन्न गन्तव्यमा पुग्नुपर्ने यात्रु र ती यात्रुलाई गन्तव्य पुर्‍याउने जिम्मा लिएका वायुसेवा कम्पनी मारमा परेका छन् ।


    मंगलवार, पौष १३ २०७८०१:५२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij