Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाली भलिबल टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत

नेपाली भलिबल टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत

  • बिहिवार, पौष १५ २०७८

  • 690
    SHARES

  • नेपाली भलिबल टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत

    नेपाली भलिबल टोली नेपाली भलिबल टोलीकामा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको छ ।

    टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा, उपाधि निरोज मास्के लगायतले टोलीलाई स्वागत गरेका थिए । टोलीलाई बाजा बजायर स्वागत गरिएको थियो ।

    मंगलबार सम्पन्न सेन्ट्रल जोनमा महिला टोलीले उपाधि जित्दा पुरुष टोली चौथो भएको थियो । ६ राष्ट्र सहभागि सेन्ट्रल जोनमा महिला टिमले उज्वेकिस्तानलाई फाइनलमा ३(२ ले पारजित गर्दै उपाधि रक्षा गरेको थियो ।

    पुरुषतर्फ भने ५ टिम सहभागि रहेकोमा नेपाल तेस्रो स्थानको लागि भएको खेलमा उज्वेकस्तानसंग पराजित हुँदै चौथो भएको थियो ।

     


    बिहिवार, पौष १५ २०७८०१:४६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij