काठमाडौं । मुख्य प्रशिक्षक पुबुदु दशनायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन नहुने बताएका छन् । मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कप्तान परिवर्तनको अधिकार नेपाल क्रिकेट संघ (क्यान)लाई हुने बताए ।
क्यानले हालै मात्र ग्रेडिङमा असन्तुष्टि जनाएको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको छ । खेलाडीहरू भने निर्णय पुर्नविचार गर्न माग गर्दै आएका छन् ।
क्यानका क्रिकेट म्यानेजर विनोद दासका अनुसार बन्द प्रशिक्षणका लागि ३० खेलाडी बोलाउने तयारी छ । मुख्य प्रशिक्षक दशानायकेले आफू दोस्रो पटक नेपाल आउन पाउँदा खुशी लागेको बताए ।
नेपाली युवा खेलाडीमा प्रतिभा रहेको भन्दै मुख्य प्रशिक्षक दशानायकेले अरु एसोसिएट देशमा यस्तो नदेखिएको टिप्पणी गरेका छन् ।