Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

‘ए’ डिभिजन  लिग : एपीएफ र आर्मीले १–१ अंक बाँडे

‘ए’ डिभिजन  लिग : एपीएफ र आर्मीले १–१ अंक बाँडे

  • शुक्रवार, पौष १६ २०७८

  • 859
    SHARES

  • ‘ए’ डिभिजन  लिग : एपीएफ र आर्मीले १–१ अंक बाँडे

    काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन  लिगमा आज (शुक्रवार) भएको पहिलो खेलमा सशस्त्रको एपीएफ क्लब र विभागीय त्रिभुवन आर्मीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा  भएको खेलमा एपीएफ र आर्मीले एक–एक गोलको बराबरी खेलेका हुन् ।

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने खेलको ६३ औँ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर आर्मीको त्यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको ६७ औँ मिनेटमा एपीएफका विकी तामाङले गोल गर्दै खेल बराबरीमा ल्यान सफल भए ।

    खेल वराबरीमा सकिएसंगै दुवै टोलीले एक–एक अङ्क पाएका छन् । योसँगै आर्मी सात खेलमा ११ अङ्कसहित तालिकाको चोथौ स्थानमा रहेको छ । उति नै खेल खेलेको एपीएफ ६ अङ्कसहित ११ औँ स्थानमा उक्लिएको छ । आजै अर्को खेलमा बेलुका पौने ५ बजे फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) बिच प्रतिस्पर्धा हुनेछ ।


    शुक्रवार, पौष १६ २०७८०४:०८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij