Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

जावलाखेललाई २–१ हराउँदै थ्रीस्टार पाँचौ स्थानमा

जावलाखेललाई २–१ हराउँदै थ्रीस्टार पाँचौ स्थानमा

  • शनिवार, पौष १७ २०७८

  • 399
    SHARES

  • जावलाखेललाई २–१ हराउँदै थ्रीस्टार पाँचौ स्थानमा

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको छ ।

    ललितपुर डर्बीमा जित निकालेपछि थ्रीस्टार अंकतालिकामा पाचौं स्थानमा उक्लेको छ । जारी सिजनमा थ्रीस्टारको यो दोस्रो जित हो ।

    थ्रीस्टारको जितका लागि आयुष घलान र ऋतिककुमार खड्काले पहिलो हाफमै गोल गरे ।जावलाखेलका लागि लगातार तेस्रो खेलमा गोल गर्ने क्रममा निकोलस फर्नान्डेजले एक गोल फर्काए ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको सातौं मिनेटमै आयुषले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । २६औं मिनेटमा ऋतिकले गोल गरेपछि थ्रीस्टारले अग्रता दोब्बर बनायो ।

    पहिलो हाफमा जावलाखेलका ओनगना जुनियर र निकोलस फर्नान्डेजले गोल गर्ने अवसर गुमाएका थिए ।

    जावलाखेलका निकोलस फर्नान्डेजले ५५ औं मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । तर त्यसपछि गोल गर्न नसक्दा जावलाखेलको तीन खेलको अपराजित यात्रा टुङ्गिएको छ ।

    उता पाँच खेलपछि थ्रीस्टारले पहिलो जित हात पारेको छ । थ्रीस्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३(० ले पराजित गरेको थियो ।

    जितपछि ७ खेलबाट १० अंक जोडेर थ्रीस्टार पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेल ७ खेलबाट ७ अंकसहित नवौं स्थानमा छ ।


    शनिवार, पौष १७ २०७८०४:१६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij