काठमाण्डौ – पछिल्लो २४ घण्टामा तीन सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २० हजार नौ सय ५९ जनाको नमूना परीक्षण गर्दा १.८२ प्रतिशत अर्थात तीन सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज शनिवार पुष्टि भएको संख्या दैनिक विवरण अनुसार गएको कात्तिक २६ गतेपछिको सबैभन्दा धेरै हो । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५२ जना निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख १२ हजार दुई सय १० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन् ।
अहिले नेपालमा चार हजार नौ सय ६९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।