Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

हिउँमा फसेका १४ मजदुरको सेनाको हेलिकप्टरबाट उद्धार

हिउँमा फसेका १४ मजदुरको सेनाको हेलिकप्टरबाट उद्धार

  • सोमवार, पौष १९ २०७८

  • 828
    SHARES

  • हिउँमा फसेका १४ मजदुरको सेनाको हेलिकप्टरबाट उद्धार

    काठमाडौं – गएको एक हप्तादेखि हिउँमा फसेका १४ मजदुरको हेलिकप्टरबाट उद्धार गरिएको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा १४ मजदुर गएको सात दिनदेखि हिउँमा फसेका थिए ।

    आइतवार मजदुरहरू हिउँमा फसेको थाहा पाउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उद्धारका लागि गृह मन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकप्टर पठाउन पहल गर्नुभएको थियो । आज सोमवार दिउँसो सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर मजदुरहरूको उद्धार गरेको प्रजिअ बास्कोटाले बताउनुभयो ।

    उद्धार हुनेहरूमा १० जना पुरुष र चार जना महिला रहेका छन् । पुथाउत्तरगंगा २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुनलाई उद्धार गरेर उनीहरूकै गाउँ पेल्मामा छोेडिएको छ । उनीहरूको अवस्था सामान्य रहेको र सबै जना नजिकैको ओढारमा बसेको बताइएको छ ।

    गाउँपालिकाको वडा नम्बर २ मा सडक निर्माणका लागि खटिएका उनीहरू गएको १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका थिए ।


    सोमवार, पौष १९ २०७८०५:४३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij