Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सबै कुरा बिर्सेर देशका लागि खेल्ने हो, विश्व कपमा छनोट हुनुपर्छः पुर्व कप्तान मल्ल

सबै कुरा बिर्सेर देशका लागि खेल्ने हो, विश्व कपमा छनोट हुनुपर्छः पुर्व कप्तान मल्ल

  • मंगलवार, पौष २० २०७८

  • 729
    SHARES

  • सबै कुरा बिर्सेर देशका लागि खेल्ने हो, विश्व कपमा छनोट हुनुपर्छः पुर्व कप्तान मल्ल

    काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अब पुराना सबै कुरा बिर्सेर देशका लागि खेल्ने बताएका छन् । बन्द प्रशिक्षणका लागि आज मङ्गलवार त्रिवि मैदान कीर्तिपुर पुगेका मल्लले विगतमा जे–जस्तो भए पनि अब विश्व कपमा छनोट हुने लक्ष्य लिएर खेल्ने बताएका हुन् ।

    अहिले पनि क्यान र पदाधिकारीसँग सम्बन्धमा दरार आएको वा झगडा नै परेजस्तो गरी बाहिर आए पनि निकै राम्रो सम्बन्ध रहेको मल्लको भनाइ छ । आफूहरूले कुनै व्यक्ति र संस्थाको विरोध नगरि आफ्ना गुनासा राख्दा विषय लम्बिएको र विवाद जस्तो देखिन पुगेको उनी बताउँछन् ।

    क्यानले खेलाडीको वर्गीकरण र तलब भत्ता लगायतका विषयमा पहिल्यै आफूहरूको माग सुनेको भए यस्तो अवस्था नआउने मल्लले बताए । कप्तानबाट हटाउँदा अलिकति दुःख लागेको तर आफू सधैँभरि कप्तान हुनुपर्छ भन्ने नरहेको उनको भनाइ छ ।

     


    मंगलवार, पौष २० २०७८०२:२२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij