Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमेरिकामा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकै दिन थपिए १० लाख नयाँ संक्रमित

अमेरिकामा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकै दिन थपिए १० लाख नयाँ संक्रमित

  • बुधवार, पौष २१ २०७८

  • 562
    SHARES

  • अमेरिकामा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकै दिन थपिए १० लाख नयाँ संक्रमित

    अमेरिकामा कोरोनाका नयाँ संक्रमितको संख्या एकै दिन १० लाख पुगी नयाँ रेकर्ड राखेको सरकारी अधिकारीहरूले बताएका छन् । कोभिडको नयाँ भेरियेन्ट ओमिक्रोन फैलने क्रम जारी रहँदा आगामी दिनहरूमा अझ तीव्र रूपमा संख्या बढ्दै जाने बताइएको छ ।

    डाटाका अनुसार सोमबार मात्र त्यहाँ १० लाख ८० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन्, त्यो विश्वकै सबैभन्दा उच्च रहेको जोन होप्किन्स युनिभर्सिटीले जनाएको छ । यसमा अधिकांश नयाँ बिरामीमा ओमिक्रोन भेरियेन्ट फेला परेको बताइएको छ ।

    यसरी संक्रमण बढिरहँदा पनि स्कुलहरू खुलाएकामा यति बेला राष्ट्रपति जो बाइडेन सबैतिरबाट आलोचित भइरहेका छन् ।

    तर, नयाँ संक्रमित बढिरहेको भए पनि मृत्यु र अस्पताल भर्ना हुनेको दर भने पछिल्ला हप्ताहरूको तुलनामा एकदमै कम रहेको पाइएको छ । यद्यपि, अस्पताल भर्ना हुने क्रम विस्तारै तर निरन्तर बढिरहेको जनाइएको छ ।

    डा। एन्थोनी फौसीले संक्रमण उच्च विन्दुमा पुग्ने दिन केही हप्ता मात्र टाढा रहेको चेतावनी दिएका छन् । साथै, उनले खोप नलगाएकाहरू कोभिड–१९ का कारण गम्भीर बिरामी पर्ने ठूलो जोखिममा रहेको पनि बताए ।

    बढ्दो संक्रमण संख्याबारे बाइडेनले मंगलबार स्वीकार गरेका छन् । तर पनि अधिकांश अस्पताल भर्ना भइरहेका बिरामी खोप नलगाएकाहरू भएको दाबी गरेका हुन् । साथै, उनले अमेरिकासँग प्रत्येक योग्य नागरिकलाई खोप लगाउन पुग्ने डोज रहेको पनि बताएका छन् ।

    कतिपय स्टेटहरूले विद्यार्थीहरूलाई र्‍यापिड टेस्ट गराउनु चुनौतीपूर्ण रहने जनाउँदै अझै केही दिन स्कुल नखोल्ने निर्णय लिएका छन् ।

    यता, न्युयोर्क सिटीमा सोमबारदेखि नै विद्यालय खुलाइएको छ । मेयर एरिक एडम्सले स्कुलहरू नै बालबालिकाहरूका लागि सबैभन्दा सुरक्षित स्थल रहेको बताएका छन् । तर पनि रिपोर्टका अनुसार एकतिहाइभन्दा बढी अभिभावकहरूले संक्रमणको डरले बालबालिकाहरूलाई घरमै राखिरहेका छन् ।


    बुधवार, पौष २१ २०७८०१:३७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij