Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एन्फाको कार्यसमिति बैठक आज, पूर्वअध्यक्ष थापाको पत्रले प्रवेश नपाउने

एन्फाको कार्यसमिति बैठक आज, पूर्वअध्यक्ष थापाको पत्रले प्रवेश नपाउने

  • बिहिवार, पौष २२ २०७८

  • 868
    SHARES

  • एन्फाको कार्यसमिति बैठक आज, पूर्वअध्यक्ष थापाको पत्रले प्रवेश नपाउने

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को १५ औं कार्यसमिति बैठक आज बस्दै छ । बैठक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १२ः३० बजेका लागि बोलाइएको हो । बैठकमा विभिन्न १९ एजेण्डामा छलफल हुने कार्यसूची छ । बैठकमा नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई पुरस्कृत गर्ने, राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल सञ्चालन गर्ने, सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग, महिला राष्ट्रिय लिग लगायतका विषयमा छलफल हुने छ ।

    यस्तै विभिन्न समिति तथा उप–समितिहरुको गठन तथा पनर्गठन, आर्थिक तथा कर्मचारी नियमावली संशोधन, राष्ट्रिय टिम विदेश भ्रमणमा जाँदाको पेस्कीसम्बन्धमा र खेलाडीहरु तथा टिममा सहभागी प्रशिक्षक एवं अफिसियलहरुको सेवा सुविधा, फिफाद्वारा प्रदान गरिएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरु, जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिगबारे, संघको नियमित साधारण, निर्वाचन निर्देशिका लगायतका विषयमा पनि छलफल हुने छ ।

    तर, बैठकमा पूर्वअध्यक्ष गणेश थापाको पत्रले प्रवेश नपाउने भएको छ । आफूमाथि लागेको आरोपबारे बैठकमा धारणा राख्न दिन माग गर्दै पूर्वअध्यक्ष थापाले एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र लेखेका थिए । एन्फाको वर्तमान नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै आएका थापाले सार्वजनीक रुपमा पत्र लेख्दै एन्फा कार्यकारिणी समिति बैठकमा आफ्नो धारणा राख्न दिन माग गरेका थिए ।

    एन्फा महासचिव इन्द्रमान तुलाधरले फिफाले प्रतिबन्ध गरेको व्यक्तिलाई कार्यसमितिमा बोल्न दिने विषय वैधानिक नभएको बताए । उनले फिफाले कारबाही गरेको व्यक्तिसँग पदाधिकारीले सम्बन्ध राख्न नपाउने उल्लेख गरेका छन् ।


    बिहिवार, पौष २२ २०७८०६:५५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij