Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेप्से ४३ अंकले बढ्यो, साढे तीन अर्बको कारोबार

नेप्से ४३ अंकले बढ्यो, साढे तीन अर्बको कारोबार

  • बिहिवार, पौष २२ २०७८

  • 817
    SHARES

  • नेप्से ४३ अंकले बढ्यो, साढे तीन अर्बको कारोबार

    काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्सेमा ४३ अंकको उत्साहजनक वृद्धि आएसँगै परिसूचक २६ सय ९२ अंकमा पुगेको छ ।

    यसक्रममा आज नेप्सेमा तीन अर्ब ६७ करोड रुपैयाँको ७३ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ । आज कारोबार सुरू भएदेखि नै उकालो लाग्न थालेको परिसूचक अन्तिमसम्मै बढेर बन्द भएको हो । यससँगै यो साताको पाँच कारोबार दिनमा तीन कारोबार दिन बढेको छ ।

    आइतवार ६० अंकले बढेको नेप्सेमा सोमबार ३२ र मंगलबार ६३ अंकको वृद्धि आएको थियो । हिजो बुधबार लगानीकर्ताले नाफा बुक गर्दा नेप्से परिसूचक ३० अंकले खुम्चिएको थियो । तीन दिनको वृद्धिपछि नाफा बुक गर्नतर्फ लागेका लगानीकर्ता आजै बजारमा फर्किँदा नेप्से ४३ अंकले बढेको हो । योसहित साताभरमा नेप्से परिसूचक १६८ अंकले बढेको छ ।

    परिसूचक बढेपनि आज व्यापार समूह १९ अंकले र उत्पादनमूलक समूह ५ अंकले खुम्चिएको छ । यसबाहेक अन्य सबै समूहमा उत्साहजनक सुधार आएको छ । आज निर्जीवन र जिवन बीमा तथा होटल÷टुरिजम समूहमा उल्लेख्य सुधार आएको छ ।

    नेप्सेमा तेह्रथुम पावर कम्पनी र नेपाल फाइनान्सको सेयर मूल्य समान १०÷१० प्रतिशतले बढेको छ । यस्तै, मध्य भोटेकोसी जलविद्युतको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।

    खासगरी, नेपाल राष्ट्र बैंकले लिएको दुई वटा नीतिले नेप्सेमा सकारात्मक सुधार आइरहेको छ । केन्द्रीय बैंकले विदेशबाट हुने अनियन्त्रित आयात नियन्त्रण गर्ने र मुद्रा विदेशिनबाट जोगाउन नयाँ व्यवस्था गरेको थियो । यस्तै, स्थानीय तहको ८० प्रतिशत बजेटलाई निक्षेपका रूपमा गणना गर्न वाणिज्य बैंकहरूलाई अनुमति दिएसँगै नेप्से उकालो लागेको हो । यी दुई वटा नीतिले तरलतामा सुधार आउने लगानीकर्ताको अपेक्षा छ ।


    बिहिवार, पौष २२ २०७८०४:१४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij