एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलन थालेपछि तीन हजारभन्दा बढी विद्यालय बन्द भएका छन् । पछिल्ला केही हप्तायतादेखि कोरोनाका संक्रमित निकै नै बढ्दै गएकाले विद्यालय बन्द गरिएका हुन् । बिहीबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ ।
त्यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्तामा अमेरिकामा कोरोना भाइरस बढेकाले विद्यालयमा पनि प्रभाव परेको बताएका छन् । त्यहाँ कोरोनाको घातक भेरियन्ट ओमिक्रोन पनि बढ्दै गएको देखिएको छ । न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका बताइएको छ ।
त्यस्तै एटलान्टा, मेरिल्याण्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालय बन्दै गरिएका बताइएको छ । गएको ११ दिनयता त्यहाँ कोरोनाका संक्रमितहरु दोब्बर भन्दा पनि बढी देखिएका छन् । कोरोनाका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभाव परेको देश हो । त्यहाँ अहिले पनि दैनिक ६ लाखभन्दा बढी संक्रमित भेटिँदै आएको छन् ।