Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन विमानस्थलबाट भिजिटर पास बन्द, स्वागत र बिदाइमा नआउन आह्वान

त्रिभुवन विमानस्थलबाट भिजिटर पास बन्द, स्वागत र बिदाइमा नआउन आह्वान

  • मंगलवार, पौष २७ २०७८

  • 562
    SHARES

  • त्रिभुवन विमानस्थलबाट भिजिटर पास बन्द, स्वागत र बिदाइमा नआउन आह्वान

    काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ ।

    साथै विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

    यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गरिरहेको छ । तर, मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आह्वान गरेको छ ।

    कार्यालयले हवाई यात्राका दौरान समेत आवशयक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ । नेपाल र छिमेकी मुलुकमा समेत कोरोना फैलिएको भन्दै यसबाट बच्न मापदण्ड पालना गर्न भनिएको हो ।

     


    मंगलवार, पौष २७ २०७८०१:२४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij