Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्से झन्डै ५० अङ्कले बढ्यो, यी ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट

नेप्से झन्डै ५० अङ्कले बढ्यो, यी ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट

  • मंगलवार, पौष २७ २०७८

  • 559
    SHARES

  • नेप्से झन्डै ५० अङ्कले बढ्यो, यी ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट

    काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि बढेको छ । हिजो सोमवार १९ अङ्कले बढेको नेप्से आज ४९ दशमलव १९ अङ्कले बढेर दुई हजार आठ सय ३४ दशमलव १३ विन्दुमा पुगेको छ ।

    आज उत्पादनबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूहको शेयर ६ दशमलव १५ प्रतिशतले बढेको छ ।

    आज दुई सय ३२ वटा कम्पनीको एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    आज नारायणी विकास बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि माउन्टेन इनर्जीको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।


    मंगलवार, पौष २७ २०७८०४:१९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij