Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा फेरी खतराको घण्टी, एकै दिन २४४४ जनामा कोरोना पुष्टि

नेपालमा फेरी खतराको घण्टी, एकै दिन २४४४ जनामा कोरोना पुष्टि

  • मंगलवार, पौष २७ २०७८

  • 556
    SHARES

  • नेपालमा फेरी खतराको घण्टी, एकै दिन २४४४ जनामा कोरोना पुष्टि

    काठमाण्डौ – देशभर पछिल्लो २४ घण्टामा दुई हजार चार सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर १५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा १६ दशमलव २५ प्रतिशत अर्थात् दुई हजार चार सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा तीन सय १३ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १४ हजार सात सय ९८ पुगेको छ । यही अवधिमा एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय सात पुगेको छ ।

    यस्तै अहिले नेपालमा नौ हजार पाँच सय २२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ८० हजार चार सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


    मंगलवार, पौष २७ २०७८०४:२८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij