Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

शेयर बजार ५४ अङ्कले बढ्यो, ६ अर्ब ६६ करोडको कारोबार

शेयर बजार ५४ अङ्कले बढ्यो, ६ अर्ब ६६ करोडको कारोबार

  • बिहिवार, पौष २९ २०७८

  • 1.2K
    SHARES

  • शेयर बजार ५४ अङ्कले बढ्यो, ६ अर्ब ६६ करोडको कारोबार

    काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आज बिहीवार ५४ अङ्कले बढेको छ । हिजो बुधवार ३० अङ्कले घटेको नेप्से आज ५४ दशमलव १२ अङ्कले बढेर दुई हजार आठ सय ५७ दशमलव ७५ विन्दुमा पुगेको छ ।

    आज अन्यबाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर सबैभन्दा शेयर तीन सय ४९ अङ्कले, निर्जीवन बीमाको दुई सय ८८, माइक्रोफाइनान्सको एक सय ७४, जलविद्युतको एक सय ५८ र विकास बैंक समूहको शेयर एक सय ४७ अङ्कले बढेको छ ।

    आज दुई सय २४ वटा कम्पनीको एक करोड १८ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोसी हाइड्रोपावरको ३४ करोड रुपैयाँको शेयर किनबेच भयो ।

    आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढ्दा माउन्टेन हाइड्रो र कर्णाली विकास बैंकको शेयर नौ प्रतिशतभन्दा बढेको छ ।


    बिहिवार, पौष २९ २०७८०३:२०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij