Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

  • शनिवार, माघ १ २०७८

  • 878
    SHARES

  • ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

    काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने छ । फ्रेन्ड्स र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुने छ ।

    फ्रेन्ड्स क्लब ८ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स जित्न निकाल्न नसक्ने एक्लो टिम हो । आर्मीले ८ खेलमा १४ अंक जोडेको छ । आर्मी चौंथो स्थानमा रहेको छ । आज आर्मी फ्रेन्ड्सलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।

    यस्तै, दोस्रो खेलमा थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुने छ । थ्री स्टार र संकटाबीचको खेल साँझ पौन ५ बजे सुरु हुने छ । थ्री स्टार ८ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । संकटालाई हराएर थ्री स्टार अंक तालिका सुधार्न चाहन्छ ।

    संकटा ८ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । संकटा थ्री स्टारलाई हराएर आफ्नो शीर्ष तीनको स्थानलाई कायम राख्न चाहन्छ ।


    शनिवार, माघ १ २०७८०६:३०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij