Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

टाइगर कप भलिबलमा महिलातर्फ एपीएफ च्याम्पियन

टाइगर कप भलिबलमा महिलातर्फ एपीएफ च्याम्पियन

  • शनिवार, माघ १ २०७८

  • 660
    SHARES

  • टाइगर कप भलिबलमा महिलातर्फ एपीएफ च्याम्पियन

    काठमाडौं – विभागीय टिम एपीएफ क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ ।

    पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको उपाधि भिडन्तमा एपिएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २५–२३, २५–१५ र २५–२० ले पराजित गर्दै उपाधि जितेको हो ।

    एपीएफले पहिलो पटक टाइगर कपको उपाधि जितेको हो । उपाधिसँगै एपिएफले ३ लाख रुपैया हात पारेको छ । दोस्रो भएको आर्मीले १ लाख ५० हजार रुपैयाँ हात पारेको छ । तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्सले ७५ हजार तथा चौथो भएको पुलिसले ३५ हजार रुपैया हात पारेको छ ।

    टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको पुरुषको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।


    शनिवार, माघ १ २०७८०२:४०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij