Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

फ्रेण्ड्स क्लबलाई हराउँदै आर्मी तेस्रो स्थानमा

फ्रेण्ड्स क्लबलाई हराउँदै आर्मी तेस्रो स्थानमा

  • शनिवार, माघ १ २०७८

  • 666
    SHARES

  • फ्रेण्ड्स क्लबलाई हराउँदै आर्मी तेस्रो स्थानमा

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले शनिबार फ्रेण्ड्स क्लबलाई ३–१ ले पराजित गरेको छ । यो जितपछि आर्मी संकटा क्लबलाई उछिन्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

    ९ खेलबाट १७ अंक जोडेको आर्मी दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा २ अंकले मात्र पछि छ । नवौं चरणसम्म अपराजित आर्मीको पछिल्लो दुई खेलमा यो लगातार जित हो । आर्मीले अहिलेसम्म ४ खेल जित्दा ५ खेल बराबरी खेलेको छ ।

    संकटा १४ अंकसहित चौथो स्थानमा छ र संकटाले आजै थ्रीस्टारसंग खेल्दैछ । ८ खेलबाट साविक विजेता मछिन्द्र एफसी २० अंक जोडेर शीर्ष स्थानमा छ ।

    नवौं चरणसम्म पनि जितविहीन रहेको फ्रेण्ड्सलाई यो हारले रेलिगेसनको मुख्य दाबेदार बनाएको छ । अब चार खेल खेल्न बाँकी हुँदा फ्रेण्ड्स जम्मा ३ अंकसहित १४ क्लब सहभागी लिगमा पूछारमा छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १० औं मिनेटमा जगजित श्रेष्ठले बायाँ भागबाट उत्कृष्ट गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

    ४४ औं मिनेटमा दिनेश हेम्जनले गोल गरेपछि आर्मीले पहिलो हाफमै २–० को अग्रता बनायो । तर दोस्रो हाफको शुरुमै डिफेण्डरको गल्तीमा जमाउल एन्थोनीले फ्रेण्ड्सका लागि गोल गर्दै गोल अन्तर कम पारे ।

    त्यसपछि ७१औं मिनेटमा सुमन अर्यालले गोल गरेपछि आर्मीले सहज जित हात पार्‍यो ।


    शनिवार, माघ १ २०७८०३:४७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij