Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

बतासले भाडामा लिएको धर्मशालाको मन्त्री आलेद्वारा निरीक्षण

बतासले भाडामा लिएको धर्मशालाको मन्त्री आलेद्वारा निरीक्षण

  • आइतवार, माघ २ २०७८

  • 751
    SHARES

  • बतासले भाडामा लिएको धर्मशालाको मन्त्री आलेद्वारा निरीक्षण

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्नुभएको छ ।

    धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर निरीक्षण गर्नुभएको हो ।

    यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको मन्त्री आलेले बताउनुभयो । सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताउनुभएको छ ।

    उहाले त्यहाँ पुगेर धर्मशालामा निर्माण गरिएका कोठा र आवासीय व्यवस्थापन लगायतका विषयमा कर्मचारीहरुसँग जानकारी लिनुभएको छ। अहिले पनि उहाले होटलको निरीक्षण गरिरहनुभएको छ ।

    बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा)मा धर्मशाला बनाइएको छ । भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।

    यो धर्मशालामा महँगो होटल मात्रै छैन, बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ ।

    बतास समूहले नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको तयारी गरिरहेका बेला मन्त्री आलेले रोक लगाउनुभएको छ । क्याफे सन्चालनका लागि बनाइएका भौतिक संरचना मन्त्री आलेको निर्देशनमा भत्काइएको छ ।


    आइतवार, माघ २ २०७८१२:२८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij