Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

च्यासलका १९ खेलाडीमा कोरोना देखीएपछि पुलिससँगको खेल स्थगित

च्यासलका १९ खेलाडीमा कोरोना देखीएपछि पुलिससँगको खेल स्थगित

  • आइतवार, माघ २ २०७८

  • 432
    SHARES

  • च्यासलका १९ खेलाडीमा कोरोना देखीएपछि पुलिससँगको खेल स्थगित

    काठमाडौं । शहीद स्मारक ए–डिभिजन लिग अन्तर्गत आइतबार तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल स्थगित भएको छ ।

    च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण भएपछि उक्त खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

    च्यासलले आफ्नो १९ खेलाडीलाई कोरोना संक्रमण देखिएपछि पुलिस विरुद्ध खेल स्थगित गर्न एन्फासँग प्रस्ताव गरेको र त्यसपछि एन्फा लिग कमिटीले मेडिकलक कमिटीसँग सल्लाह लिएर खेल स्थगित गर्ने निर्णय गरेको हो ।

    अब उक्त खेलको नयाँ मिति तोकिने एन्फाले जनाएको छ । लिग अन्तर्गत नवौं चरणको अन्तिम खेल जावालखेल युथ क्लब र एनआरटीबीच भने सोमबार पूर्वनिर्धारित तालिका अनुसार नै खेल हुने एन्फाले जनाएको छ ।


    आइतवार, माघ २ २०७८०२:१५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij