Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सोमवार, माघ ३ २०७८

  • 891
    SHARES

  • कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    काठमाडौं – कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

    पूर्वपश्चिम राजमार्गअन्तरगत लम्कीचुहा नगरपालिका–४ को बलियामा से६प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँकी ५५ वर्षीय मनसरा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ठक्करबाट घाइते ती महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्युु भएको हो ।

    घटनाको विरोधमा सोमबार आज बिहानैदेखि स्थानीयले लम्कीचुहा नगरपालिका–४ मा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

    मोटरसाइकल चालकलाई कारबाहीको दायरामा ल्याउनुुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूूर्तिको व्यवस्था गर्नुपर्ने माग राख्दै स्थानीयले टायर बालेर राजमार्गमा प्रर्दशन पनि गरिरहेका छन् ।


    सोमवार, माघ ३ २०७८०१:११:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij