Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बुस्टर डोज काठमाडौंका यी १७ ठाउँबाट दिईदै छ ।

बुस्टर डोज काठमाडौंका यी १७ ठाउँबाट दिईदै छ ।

  • सोमवार, माघ ३ २०७८

  • 524
    SHARES

  • बुस्टर डोज काठमाडौंका यी १७ ठाउँबाट दिईदै छ ।

    काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १७ वटा ठाउँबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको थप एक अतिरिक्त मात्रा खोप (स्टर डोज) दिने भएको छ ।

    तत्कालका लागि अग्रपंक्तिमा फन्टलाइनर काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्ले जानकारी दिए ।

    ८ वटा सरकारी अस्पताल र नाकासहित ९ वटा निजी अस्पतालबाट खोप दिन शुरु गरिएको काफ्लेले जानकरी दिए । उनका अनुसार नेपाली सेनाको अस्पताल (छाउनी), नेपाल प्रहरी अस्पताल (महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज), वीर अस्पताल महावौद्य, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, शहीद शुक्रराज अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट बुस्टर डोज दिइने छ ।

    त्यसैगरी, सुभेक्षा अस्पताल सितापाइला, जनमैत्री अस्पताल बालाजु, पिपुल्स डेन्टल कलेज सामाखुशी, नर्भिक अस्पताल थापाथली, नोभेल अस्पताल सिनामंगल, बयोधा अस्पताल बल्खु , शहीद मेमोरियल अस्पताल कलंकी, नयाँ बसपार्क, एपेक्स पोलिक्लिनिक जडिबुटीबाट पनि बुस्टर खोप लिन सकिन्छ ।

    को को पर्छन फ्रन्टलाइनरमा

    स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मीहरू, शव व्यवस्थापनमा खटनेहरु, एम्बुलेन्स चालक तथा शववहान चालक फ्रन्टलाइनरमा पर्दछन्। यही चरणमा स्थानीय पालिकाका जनप्रतिनिधिहरू, स्थानीय पालिकाका कर्मचारीहरू, सशस्त्रको बिओपीमा खटिएका, जनपथ प्रहरी, शव व्यवस्थापनमा खटिनेहरु पर्दछन् ।

    यस्तै बैंकको क्यास काउन्टरमा खटिने कर्मचारी , सरकारी सेवामा अग्रपंक्तिमा खटिने कर्मचारीहरू पनि यस भित्रपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।


    सोमवार, माघ ३ २०७८०१:४८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij