Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

सेयर बजार दोहोरो अंकले उकालो लाग्यो, पौने ८ अर्बभन्दा बढीको कारोबार

सेयर बजार दोहोरो अंकले उकालो लाग्यो, पौने ८ अर्बभन्दा बढीको कारोबार

  • सोमवार, माघ ३ २०७८

  • 851
    SHARES

  • सेयर बजार दोहोरो अंकले उकालो लाग्यो, पौने ८ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं – साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार २०.६४ अंकले उकालो लागेसँगै नेप्से परिसूचक दुई हजार ९४७.३८ को विन्दुमा उक्लिएको छ।

    राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७ अंकले बढेर ५४६.३३ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर आज पौने ८ अर्बभन्दा बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।

    आज जलविद्युत समूह सर्वाधिक १.६१ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.२९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.०३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.२० प्रतिशत, जीवन बीमा समूहमा ०.४९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३८ प्रतिशत र अन्य समूहमा १.०८ प्रतिशतको बढोत्तरी भएको छ।

    आज विकास बैंक समूह सर्वाधिक ०.४४ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ०.३० प्रतिशतले घटेको यो दिन वित्त समूहमा ०.०३ प्रतिशत, लगानी समूहमा ०.२७ प्रतिशत र लघुवित्त समूहमा ०.११ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरू

    आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँमा किनबेच भएका छन्। अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४४ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    अपी पावरको ४१ करोड १ लाख रुपैयाँबराबरको कारोबार भएको आज अप्पर तामाकोशीको २४ करोड ९ लाख रुपैयाँ, नेपाल टेलिकमको २३ करोड ९८ लाख रुपैयाँ, शिवम सिमेन्टको २१ करोड १२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १८ करोड ३८ लाख रुपैयाँ, अरुण काबेली पावरको १६ करोड २८ लाख रुपैयाँ, एचआइडिसिएलको १५ करोड ६२ लाख रुपैयाँ, नबिल बैंकको १३ करोड १४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने धेरै गुमाउने

    आज मध्यभोटेकोशी जलविद्युतका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट नै लागेको छ। आज स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरूले धेरै गुमाए। यो बैंकको सेयरमूल्य झन्डै ३ प्रतिशतले ओरालो लागेको छ।


    सोमवार, माघ ३ २०७८०४:१६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij