Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा १० अंकको करेक्सन, कारोबारमा भने बृद्धी

नेप्सेमा १० अंकको करेक्सन, कारोबारमा भने बृद्धी

  • मंगलवार, माघ ४ २०७८

  • 961
    SHARES

  • नेप्सेमा १० अंकको करेक्सन, कारोबारमा भने बृद्धी

    काठमाडौं । शेयर बजारमा १० अंकको करेक्सन देखिएको छ । केही दिन यता लगातार जसो बढिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने १० अंकले घटेको हो । नेप्से परिसूचक ०.३७ प्रतितशले घटेर २ हजार ९ सय ३६.६ अंकमा झरेको छ ।

    मंगलबार बजार खुलाभएसँगै झिनो अंकले बढेको बजार दिनभरको उतारचढाव पछि अन्तिममा घटेर बन्द भएको हो । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै देखिएको छ । दिनभर १ करोड ६० लाख कित्ता भन्दा धेरै शेयर कारोबार हुँदा कारोबार रकम ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार रुपैयाँ नाघेको छ ।

    बजार घटे पनि केही कम्पनीहरुको शेयर मूल्य भने राम्रै बढेको छ । सबैभन्दा बढी शेयर मूल्य बढ्नेमा सामलिङ पावर कम्पनी देखिएको छ । यसको ९.४९ प्रतिशतले बढेर शेयर मूल्यमा ६४९.३० रुपैयाँमा पुगेको छ । यसैगरी मध्यभोटेकोशी हाइड्रोपावर, बुद्धभूमी हाइड्रोपावर, प्रभु बैंक, बरुण हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मूल्य राम्रो बढेको छ ।


    मंगलवार, माघ ४ २०७८०५:२७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij