Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ट्वान्टी-२० विश्वकप छनोटः १६ खेलाडीको नाम सार्वजनिक, सोमपाल, विनोद र रोहित अटाएनन्

ट्वान्टी-२० विश्वकप छनोटः १६ खेलाडीको नाम सार्वजनिक, सोमपाल, विनोद र रोहित अटाएनन्

  • बिहिवार, माघ ६ २०७८

  • 377
    SHARES

  • ट्वान्टी-२० विश्वकप छनोटः १६ खेलाडीको नाम सार्वजनिक, सोमपाल, विनोद र रोहित अटाएनन्

    काठमाडौँ — नेपाल क्रिकेट संघ९क्यान० ले आईसीसी ट्वान्टी –२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक गरेको छ । ओमानमा आगामी फेब्रुअरी १५ देखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ जनाको अन्तिम सूची सार्वजनिक गरेको हो ।

    यसअघि क्यानले बन्द प्रशिक्षणका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । विवेक यादव र लोकेश बम पहिलो पल्ट राष्ट्रिय टोलीमा समावेश गरिएको छ । यस पटक सोमपाल कामी, विनोद भण्डारी, रोहित पौडेल, सुशन भारी र विक्रम सोब भने टिममा अटाएनन् । त्यस्तै प्रदीप ऐरी झन्डै ३ वर्षपछि टिममा फर्किएका छन् ।

    नेपालले विश्वकप छनोटको समूह चरणमा ओमान, क्यानडा र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । यस पटक नेपालले नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ । सन्दीप बिग बास लिग खेल्ने क्रममा अस्ट्रेलियामा रहेका छन् । उनी केही दिनमै नेपाल फर्किने बताइएको छ । उनले बुधबार जारी सिजनमा आफ्नो खेल टुंग्याएका छन् ।

    होबर्ट हरिकेन्समा आबद्ध उनले जारी सिजनमा बुधबार मेलबर्न स्टारसँग अन्तिम खेल खेलेका हुन् । मेलबर्नले १०६ रनले जितेको उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ५२ रन खर्चिएका थिए ।

    यस्तो छ नेपाली टिम

    सन्दीप लामिछाने कप्तान, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम टिममा अटाएका छन् ।


    बिहिवार, माघ ६ २०७८०२:५५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij