Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाविरुद्धको खोप लगाएको केही मिनेटमा मृत्यु

कोरोनाविरुद्धको खोप लगाएको केही मिनेटमा मृत्यु

  • आइतवार, माघ ९ २०७८

  • 1.1K
    SHARES

  • कोरोनाविरुद्धको खोप लगाएको केही मिनेटमा मृत्यु

    काठमाडौं – कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै एकजनाको मृत्युु भएको छ । आज दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो ।

    ‘दिउँसो करीब दुई बजेतिर उहाँ(मृतक) आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किनुुभएको थियो । वडाध्यक्ष भिखराम चौधरीका अनुसार १५÷२० मिनेटमै बाटोमै उहाँको मृत्युु भएको हो । अहिले शव आधारभुुत स्वास्थ्य केन्द्रमा राखिएका छ ।

    वडाध्यक्ष चौधरीका अनुसार अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ । मृत्युुको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो । मृतक डगौराको घर स्वास्थ्य केन्द्रदेखि अन्दाजी एक किलोमिटरको दुरीमा छ ।


    आइतवार, माघ ९ २०७८०४:२४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij