Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आहा रारा गोल्डकमा आज संकटा र मछिन्द्र भिड्दै

आहा रारा गोल्डकमा आज संकटा र मछिन्द्र भिड्दै

  • सोमवार, माघ १० २०७८

  • 920
    SHARES

  • आहा रारा गोल्डकमा आज संकटा र मछिन्द्र भिड्दै

    काठमाडौँ । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ । पोखरा रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा साविक विजेता संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।

    आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन् । यस खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । पहिलो क्वाटरफाइनलमा बीवाई एस सी युएसएलाई हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ ।

    सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।


    सोमवार, माघ १० २०७८०७:२२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij