Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

साविक विजेता संकटा पराजीत, मछिन्द्र सेमिफाइनलमा प्रवेश

साविक विजेता संकटा पराजीत, मछिन्द्र सेमिफाइनलमा प्रवेश

  • सोमवार, माघ १० २०७८

  • 581
    SHARES

  • साविक विजेता संकटा पराजीत, मछिन्द्र सेमिफाइनलमा प्रवेश

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष क्लब मछिन्द्रले सोमबार आहा रारा गोल्ड कपमा साविक विजेता संकटा क्लबलाई ४–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

    मछिन्द्रले अब फाइनल प्रवेशका लागि माघ १२ गते सशस्त्र प्रहरी बल ९एपीएफ०सँग प्रतिस्पर्धा गर्नेछ । आहा रारा गोल्डकपको २०औँ संस्करणमा यसअघि मनाङ मर्स्याङ्दी र एपीएफले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन् । मनाङले नेपाल पुलिस क्लबलाई हराएको थियो भने एपीएफले अमेरिकाबाट आएको बीवाईएससी मिनेसोटालाई हराएको थियो ।

    पोखरा रंगशालामा मछिन्द्रले उत्सव राईको गोलबाट १२औँ मिनेटमा अग्रता लिएको थियो । ४७औँ मिनेटमा मेसौक ओलोमोउले मछिन्द्रको अग्रता दोब्बर बनाए । मेसौकेले अभिषेक रिजालको पासमा गोल गरेका थिए ।

    ६४औँ मिनेटमा गणेश हिमालको गोलबाट संकटाले पुनरागमनको प्रयास गरेको थियो । अमित श्रेष्ठको कर्नरमा निरज बस्नेतले हेडमार्फत दिएको पासलाई गणेशले हेडमार्फत नै पोस्टको दिशा दिएका थिए ।

    तर, खेल सकिन चार मिनेट बाँकी हुँदा अभिषेक गुरुङ र त्यसको दुई मिनेट नबित्दै मेसौकेले अर्को गोल थपिदिएपछि संकटाको सम्भावना समाप्त भएको थियो ।

    ८४औँ मिनेटमा ओमोलाजा करिमले हानेको फ्रीकिक संकटाका गोलकिपर राजाबाबुले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा बैकल्पिक खेलाडी अभिषेकले गोल गरेका थिए । त्यसको दुई मिनेट बित्न नपाउँदै मेसौकेले अर्को गोल थपेका थिए ।

    प्रतियोगितामा मंगलबार थ्री स्टार र त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्नेछ ।

     


    सोमवार, माघ १० २०७८०६:१९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij