Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मोरङ उखुबारी अपडेटः अर्को खाल्डोमा पनि शव भेटियो

मोरङ उखुबारी अपडेटः अर्को खाल्डोमा पनि शव भेटियो

  • बिहिवार, माघ १३ २०७८

  • 898
    SHARES

  • मोरङ उखुबारी अपडेटः अर्को खाल्डोमा पनि शव भेटियो

    काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा अर्को पनि शव भेटिएको छ । उखुबारीमा रहेका दुई खाल्डामध्ये एउटामा बुधबार शव भेटिएको थियो भने अर्को खाल्डो बिहीबार उत्खनन गरिएको थियो ।

    बिहीबार उत्खनन गरिएको खाल्डोमा पनि शव भेटिएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन बिसीले जानकारी दिए । प्रहरीले शव खाल्डोबाट बाहिर निकालेको छैन । अहिले तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ ।

    बुधबार प्रहरीले खाल्डोबाट अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको थियो । दुबै शव एकै पटक खाल्डो खनेर पुरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

    खाल्डोमा शव गाडेर नुन पनि हालेको पाइएको प्रहरीको भनाइ छ । शवको पहिचान भइसकेको छैन । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

    प्रहरीका दुई खाल्डो उखुबारीमा करिब २० मिटरको दूरीमा छन् । खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहितको टोली घटनास्थलमा छ ।


    बिहिवार, माघ १३ २०७८०२:२६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij