Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालले विश्व छनोटको फाइनलमा पुगे मात्रै टी–२० विश्वकप खेल्न पाउने

नेपालले विश्व छनोटको फाइनलमा पुगे मात्रै टी–२० विश्वकप खेल्न पाउने

  • शुक्रवार, माघ १४ २०७८

  • 806
    SHARES

  • नेपालले विश्व छनोटको फाइनलमा पुगे मात्रै टी–२० विश्वकप खेल्न पाउने

     काठमाडौं । आइसिसी पुरूष टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगिता आगामी फागुन ६ गतेदेखि ओमानमा हुँदैछ।

    समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम रहेका छन्।

    समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ।

    समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छ्न्।

    समूह १ र २ का शीर्ष २–२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

    नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।

    खेल तालीका अनुसार नेपाल भर्सेस ओमान –ओमान एकेडेमी १– फागुन ६, नेपाल भर्सेस फिलिपिन्स – ओमान एकेडेमी २–फागुन ७, नेपाल भर्सेस क्यानडा – ओमान एकेडेमी १ – फागुन ९, सेमिफाइनल १ र २ – ओमान एकेडेमी २–१ – फागुन १०, फाइनल – ओमान एकेडेमी १ – फागुन १२ गते हुनेछ ।

    नेपालले विश्व छनोटअघि चार देशसम्मितिल टी–२० सिरिज खेल्नेछ। ओमानमा हुने सिरिजमा नेपालसहित युएई, आयरल्यान्ड र घरेलु टिमबीच प्रतिस्पर्धा हुनेछ।

    विश्वकपअघि नेपालले तयारीस्वरुप सिरिज खेल्न लागेको हो। सिरिज माघ २८ सुरु भएर फागुन २ मा सकिनेछ। नेपालले पहिलो खेल माघ २८ मा ओमान, दोस्रो खेल माघ २९ मा युएई र तेस्रो खेल फागुन २ मा आयरल्यान्डसँग खेल्नेछ।

    नेपाली टिममा कप्तान सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम छन् ।


    शुक्रवार, माघ १४ २०७८०१:२९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij