Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मनाङलाई हराउँदै एपीएफले जित्यो आहा रारा गोल्ड कपको उपाधि

मनाङलाई हराउँदै एपीएफले जित्यो आहा रारा गोल्ड कपको उपाधि

  • शनिवार, माघ १५ २०७८

  • 716
    SHARES

  • मनाङलाई हराउँदै एपीएफले जित्यो आहा रारा गोल्ड कपको उपाधि

    काठमाडौैं । आहा–रारा गोल्डकप फुटबलको उपाधि विभागीय टिम एपीएफले जितेको छ ।

    शनिबार पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो ।

    निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरका आधारमा गरिएको थियो । पेनाल्टी सुटआउटमा ओलावाले अफिज असफल भएपछि ६ पटकको च्याम्पियन मनाङ उपाधिबाट बञ्चित बन्यो । उनको प्रहारलाई एपीएफका कोरियन गोलकिपर युया कोरियामाले रोकेका थिए ।

    एपीएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोम पेनाल्टी सुटआउटमा सफल बने । मनाङको तर्फबाट फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरेका थिए ।

    उपाधि सहित एपीएफले १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता मनाङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

    खेलको अग्रता विभागीय टिम एपीएफ एफसीले लिएको थियो । खेलको २० औं मिनेटमा युवराज खड्काले विभागीय टिम एपीएफलाई अग्रता दिलाएका थिए ।

    दोस्रो हाफको ६७ औं मिनेटमा दयानन्द सिंहले मनाङका लागि बराबरी गोल फर्काए । कप्तान बिमल रानाको क्रसलाई सदुपयोग गर्दै सिंहले गोल गरेका थिए ।

    खेल सकिन ६ मिनेट अघि फ्रेङ्कलिन टालाले मनाङका लागि गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए । फ्रि–हेडमा हाईटको फाइदा उठाउँदै फ्रेङ्कलिनले गोल गरेका थिए ।

    तर इन्जुरी समयको पहिलो मिनेटमै एपीएफका रबि थिङले हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेलेका थिए । घरेलु लिगमा रेलिगेशनबाट बच्न संघर्षरत एपीएफले मोफसलको प्रतिष्ठित गोल्डकपमा भने उपाधि चुमेको छ ।

     


    शनिवार, माघ १५ २०७८०५:२१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij