काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) सेयर बजार घटेको छ । पहिलो कारोबार दिन हिजो उच्च अंकले उकालो लागेको सेयर बजार आज भने घटेको हो ।
आज सेयर बजार मापक परिसूक (नेप्से) १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा झरेको छ । हिजो नेप्से १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा उक्लिएको थियो ।
आज समग्र नेप्से ०.४७ प्रतिशतले घटेको छ । यस्तै, ’क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ०.३९ अंकले घटेर ५३८.९३ बिन्दुमा झरेको छ ।
हिजोको तुलनमा आज कारोबार रमक पनि घटेको छ । आज ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । हिजो सेयर बजारमा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १३ वटा उपसमूहहरुमा तीन समूहको सेयर मूल्य उकालो लागेका छन् । बाँकी समूहको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै लगानी समूहको सेयर मूल्य उकालो लागेको छ । यसैगरी सबैभन्दा धेरै विकास बैंक समूहको सेयर मूल्य ओरालो लागेको छ ।
आज कारोबारमा आएका ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सेयर खरिदबिक्री भएको छ ।