Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाली टिमले आज मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

नेपाली टिमले आज मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

  • मंगलवार, माघ १८ २०७८

  • 470
    SHARES

  • नेपाली टिमले आज मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

    काठमाडौं। आज नेपाली राष्ट्रिय फुटबल टिमले मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। घरेलु मैदान दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलमा नेपालले लगातार दोस्रो जितको खोजीमा रहनेछ। खेल मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पौने पाँच बजे सुरु हुनेछ।

    यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोलले पराजित गरेको थियो। शनिबारको खेलमा नेपालको जितका लागि विमल घर्तिमगरले गरेको गोल निर्णायक बन्यो।

    नेपाल लागातार दोस्रो जितको लक्ष्यमा भए पनि मोरिसस नेपालसँग बराबरी खेल्न चाहन्छ। पहिलो खेलको बदला लिने योजनामा मोरिसस देखिन्छ।

    दोस्रो खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गरेका छन्।

    शनिबार टिममा समेटिएका डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी आउट भएका छन्। उनीहरुको ठाउँमा मनिस डाँगी र दर्शन गुरुङ समेटिएका छन्। नेपाली टिमको कप्तानी किरण चेम्जोङले गरेका छन्।


    मंगलवार, माघ १८ २०७८०७:२३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij