Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

परीक्षण नै नगरी पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारीसहित चारजना पक्राउ

परीक्षण नै नगरी पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारीसहित चारजना पक्राउ

  • बुधवार, माघ १९ २०७८

  • 493
    SHARES

  • परीक्षण नै नगरी पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारीसहित चारजना पक्राउ

    काठमाडौँ । प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा अस्पतालका कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ ।

    भक्तपुरको मध्युपरठिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर बनाएको अभियोगमा कर्मचारीसहित बिचौलियाहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखा मिनभवनका सूचना अधिकृत तथा प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

    प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा विदेह नगरपालिका-४ धनुषाका रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिका-१ धनुषाका नागेन्द्र यादव, तेमा गाउँपालिका-५ काभ्रेका माधव मैनाली र बलरा नगरपालिका-७ सर्लाहीका प्रसन्नकुमार झा छन् । त्यस्तै राजदेवी नगरपालिका-४ रौतहटका भावेश मित्र र काठमाडौँ महानगरपालिका-३२ का निर्मल गिरी भने फरार छन् ।

    प्रहरीका अनुसार आरोपित प्रसन्नकुमार झा नागरिक कम्युनिटी टिचिङ अस्पतालका ल्याब प्रबन्धक हुन् । भावेश मिश्र नागरिक कम्युनिटी टिचिङका पीसीआर ल्याब सञ्चालक र निर्मल गिरी कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालन हुन् । उनीहरूले नक्कली पीसीआर रिपोर्ट बनाउन महँगो शुल्क अशुल गरेको समेत पाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले उनीहरूको साथबाट पीसीआर रिपोर्ट नेगेटिभ बनाउने कम्प्युटर मनिटर, ल्यापटप, सीपीयु, नक्कली पीसीआर रिपोर्ट र मोबाइलगायत सामग्रीसमेत बरामद गरेको छ । दुवै अस्पतालको ल्याब प्रहरीले सिल गरेको छ ।


    बुधवार, माघ १९ २०७८१२:५५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij