Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवासंग मुख्य प्रशिक्षक अलमुताइरीको भेट

प्रधानमन्त्री देउवासंग मुख्य प्रशिक्षक अलमुताइरीको भेट

  • शुक्रवार, माघ २१ २०७८

  • 535
    SHARES

  • प्रधानमन्त्री देउवासंग मुख्य प्रशिक्षक अलमुताइरीको भेट

    काठमाडौँ । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत शुक्रबार(आज) आफूसहित युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले प्रधानमन्त्रीसँग भेट गरेको जनाकारी गराएका हुन् ।

    उनले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबल प्रतियोगिताको विजेता नेपाली महिला भलिबल टोलीलाई पनि भेटेको जनाएका छन् । भेटमा प्रधानमन्त्री देउवाले ​ अलमुताइरीलाई सम्मान पनि गरेका छन् । साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली टोलीका प्रशिक्षक अलमुताइरीलाई पनि सम्मान गरिएको हो ।

    सरकारले फुटबल टोलीलाई यसअघि नै पुरस्कृत गरिसकेको थियो । तर, त्यतिबेला मुख्य प्रशिक्षक अलमुताइरी कतारमा थिए । त्यतिबेला छुटेका अलमुताइरीलाई सरकारले आज महिला भलिबल टिमसँगै सम्मान गरेको हो । फुटबलका खेलाडीलाई ५ लाख र प्रशिक्षकलाई ३ लाख नगदसहित सम्मान गरिएको थियो ।

    अलमुताइरीको नेतृत्वमा घरेलु टोली नेपालले भर्खरै सम्पन्न मोरिससविरुद्धको मैत्रीपूर्ण खेल जितेको थियो ।


    शुक्रवार, माघ २१ २०७८०१:४१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij