Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मधेसमा हावाहुरी : रुख ढलेर किच्दा ३ जनाको मृत्यु

मधेसमा हावाहुरी : रुख ढलेर किच्दा ३ जनाको मृत्यु

  • शुक्रवार, माघ २१ २०७८

  • 638
    SHARES

  • मधेसमा हावाहुरी : रुख ढलेर किच्दा ३ जनाको मृत्यु

    काठमाडौं – हावाहुरी कारण मधेस प्रदेशमा ३ जनाको मृत्यु भएको छ । शुक्रबार आएको हावाहुरीका कारण रुख ढलेर किच्दा धनुषा र रौतहटमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाका २ विद्यार्थी र रौतहटकी एक महिला रहेकी छन् ।

    धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द मावि परिसरमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

    हावा हुरीका कारण अचानक मसलाको रुख ढल्दा दुबै जनाको मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । दुवै विद्यार्थीको रुख ढलेर टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको उनले बताए ।

    त्यस्तै रौतहटको बौधीमाई नगरपालिका १ मा हावा हुरीका कारण इँटाको घर खस्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । मृतक फुलमतिया देवीको घरमा रहेका बाख्रा समेत मरेका छन् ।

    हावा हुरीका कारण मधेश प्रदेशसभाको चौथो वार्षिकोत्सव समारोह समेत स्थगित भएको छ ।


    शुक्रवार, माघ २१ २०७८०३:०३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij