Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वर्षाका कारण देशभर ५ जनाको मृत्यु, ११ जना घाइते

वर्षाका कारण देशभर ५ जनाको मृत्यु, ११ जना घाइते

  • शनिवार, माघ २२ २०७८

  • 1.4K
    SHARES

  • वर्षाका कारण देशभर ५ जनाको मृत्यु, ११ जना घाइते

    काठमाडौं – बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण देशभर पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापक प्राधिकरणका अनुसार माघ २१ गतेदेखि २२ गते बिहानसम्म २८ वटा विपद्का घटनामा ११ जना घाइते हुनुका साथै करिब ९४ लाख बराबरको अनुमानित क्षति पुगेको छ ।

    धनुषाको सबैला न।गरपालीका १२ श्री फकिरचन माविको प्राङ्गणमा रहेको मसालाको रूख हावाहुरीको कारण भाँचिई टाउकोमा लाग्दा वर्ष ८ की एक बालिकाको घटनास्थलमै मृत्यु, वर्ष ७ का एक बालकको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु छ ।

    यता सुर्खेतको भेरीगंगा नगरपालीका ११ साँदीखोला बस्ने वर्ष ३५ की एक महिला छतमा निस्कने क्रममा चट्याङ्ग लागी सख्त घाईते भई उपचारको क्रममा मृत्यु छ ।

    त्यस्तै सल्यानको बनगार कुपिण्डे नगरपालीका ७ लामसरा बस्ने वर्ष ४० की एक महिला भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ्ग परी घटनास्थलमै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

    रौतहटको बौधीमाई नगरपालीका १ अजगैबी बस्ने बर्ष ४५ कि एक महिला गोठमा बसिरहेको अवस्थामा अबिरल वर्षाको कारण गोठ भत्की च्यापिएर घाईते भई उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको तथा २ बटा बाख्रा समेत मरेको प्राधिकरणले जानकारी दिएको छ ।

    वर्षाका कारण ५ स्थानमा सडकमा अवरोध पुगेको छ भने ३ चौपाया पनि मरेका छन् ।


    शनिवार, माघ २२ २०७८०४:५२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij