Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा खोप नलगाएका संक्रमितको मृत्यु बढी

सुदूरपश्चिममा खोप नलगाएका संक्रमितको मृत्यु बढी

  • आइतवार, माघ २३ २०७८

  • 798
    SHARES

  • सुदूरपश्चिममा खोप नलगाएका संक्रमितको मृत्यु बढी

    काठमाडौं – सुदूरपश्चिम प्रदेशमा भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिएपछि पहिलो पटक गत पुस ३० गते सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको थियो ।

    २९ पुसमा संक्रमण पुष्टि भएर प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको कैलारी गाउँपालिका–५ की ५३ वर्षीया महिलाको मृत्यु भएको थियो ।

    प्रादेशिक अस्पतालकाअनुसार कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएपनि मिर्गौला, मधुमेह र फोक्सोमा पानी भरिने समस्याका कारण ती महिलालाई बचाउन सकिएन ।

    सेती प्रादेशिक अस्पतालमै ४ माघमा गोदावरी नगरपालिका–४ का ७५ वर्षीय पुरुषको उपाचारकै क्रममा मृत्यु भयो । कोरोनाविरुद्धको खोप नलगाएका ती पुरुष २३ पुसमा अस्पताल भर्ना भएका थिए । उच्च रक्तचाप र संक्रमण पनि भएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    त्यसको तीन दिनपछि प्रादेशिक अस्पतालमै अर्का कोरोना संक्रमितको मृत्यु भयो । २६ पुसमा कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

    अस्पतालकाअनुसार उनले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । मिर्गौला, मुटुसम्बन्धी समस्या भएका ती पुरुष निमोनियाका बिरामी थिए ।

    कोरोना संक्रमणका कारण वृद्धवृद्धा मात्रै होइनन् युवाहरुको पनि मृत्यु भएको अस्पतालको तथ्यांकले देखाउँछ । तर उनीहरु मध्ये अधिकांश खोप नलगाएका र कुनै न कुनै खालको दीर्घरोगी भएका मानिसहरु बढी छन् ।


    आइतवार, माघ २३ २०७८०४:५६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij