Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केन्द्रीय कमिटी बैठकबाट माओवादीले एमसीसीबारे थप स्पष्ट पार्ने

केन्द्रीय कमिटी बैठकबाट माओवादीले एमसीसीबारे थप स्पष्ट पार्ने

  • सोमवार, माघ २४ २०७८

  • 741
    SHARES

  • केन्द्रीय कमिटी बैठकबाट माओवादीले एमसीसीबारे थप स्पष्ट पार्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एमसीसीबारे थप निर्णय केन्द्रीय कमिटी बैठक पछिमात्रै गर्ने भएको छ ।

    आइतबार दिनभर र सोमबार बिहान भएको माओवादी शीर्ष नेताहरुको छलफलमा एमसीसीबारे पार्टी भित्रको दोहोरो रणनीतिबारे आउँदो केन्द्रीय कमिटी बैठकमा थप प्रष्ट पार्ने सहमति बनेको हो ।

    माओवादीले आउँदो २७ गतेदेखि पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकमा एमसीसीबारे कुरा उठाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले बताए ।

    केन्द्रीय समिति बैठकअघि २६ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा एमसीसी परियोजना अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्न नदिने र केन्द्रीय कमिटी बैठकपछिमात्रै त्यसबारेमा ठोस निर्णय गर्ने समझदारी बनेको माओवादीका एक नेताले बताए ।


    सोमवार, माघ २४ २०७८१२:३६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij