Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कार्यसम्पादन समिति बैठकअघि कोइराला समूहको आन्तरिक छलफल, यस्तो छ निष्कर्ष

कार्यसम्पादन समिति बैठकअघि कोइराला समूहको आन्तरिक छलफल, यस्तो छ निष्कर्ष

  • मंगलवार, माघ २५ २०७८

  • 748
    SHARES

  • कार्यसम्पादन समिति बैठकअघि कोइराला समूहको आन्तरिक छलफल,  यस्तो छ  निष्कर्ष

    काठमाडौं – नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टीको कार्यसम्पादन समिति बैठकअघि आन्तरिक छलफल गरेको छ । कोइराला समूहले २७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकको एजेण्डाका सन्दर्भमा समूहगत धारणा बनाएको हो ।

    २७ गते बस्ने बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला लगायतको विषय छलफलका एजेण्डा छन् । यस विषयमा समूहगत धारणा बनाउन सोमबार बसेको कोइराला समूह निकट पदाधिकारीसहितको बैठक बसेको थियो ।

    महामन्त्री गगन थापाको सचिवालय नक्सालमा प्रदेशमा भएका सरकार विस्तार र कार्यसम्पादन समिति बैठकका एजेन्डामाथि आन्तरिक छलफल गर्न बसेको बैठकको संयोजन नेता गुरुराज घिमिरेले गरेका थिए ।

    बैठकमा महामन्त्री थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य गोविन्दराज पोखरेल, अजयबावु सिवाकोटी सहभागी थिए । उपसभापति धनराज गुरुङ भने बैठकमा सहभागी थिएनन् ।

    बैठकले नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ र मुस्लिम संघमा नयाँ कमिटी ल्याउनुपर्ने निष्कर्ष निकालेको हो ।

    महिला संघका अध्यक्ष उमा रेग्मी, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका अध्यक्ष राजीव ढुंगाना र मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार केन्द्रीय सदस्य भएपछि विधानत स्वतः पद रिक्त छ ।

    त्यसमा विधानसम्मत नयाँ कमिटी ल्याउन पर्ने कोइरालको समूहको जोड छ । उनले नेविसंघमा ३२ वर्षभन्दा माथिको नहुने बताए । नेविसंघको विधानमा ३२ वर्षे उमेर हद लागू हुने व्यवस्था छ । तरुण दल, महलिा संघ, दलित संघ र मुस्लिम संघमा पनि नयाँ कमिटी ल्याउनुको विकल्पन नरहेको उनीको निष्कर्ष छ ।

    यस्तै अधिवेशन हुन बाँकी १६ जिल्लामा तत्काल अधिवेशन गर्नुपर्ने शेखर समूहको जोड छ । काँग्रेसले चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, कैलाली, अछाम, नवलपरासी पूर्व र बाँकेमा हुने अधिवेशन बाँकी छ । यस्तै मधेस प्रदेशका आठ जिल्ला धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिराहा, रौतहट , बारा र पर्सामा पनि काँग्रेसको जिल्ला अधिवेशन भएको छैन ।

    बैठकमा प्रदेश एक र कर्णाली प्रदेको सरकार विस्तारका सन्दर्भमा छलफल भएको छ । महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले ‘सबैलाई समेट्छु’ भन्ने अभिव्यक्तिको निर्णयबाट खण्डित गरेको उनको भनाइ छ ।

    पार्टीमा निर्णय हुँदा शेखर कोइरालासँग परामर्श नगरिएको विषयमा पनि बैठकमा कुरा उठाउनुपर्ने निष्कर्षमा पुगिएको घिमिरेले बताए ।


    मंगलवार, माघ २५ २०७८०१:२५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij