Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थापा पार्टीबाट बाहीरिएसंगै राप्रपामा तरङ्ग, लिङ्देन पक्ष आन्तरिक छलफलमा

थापा पार्टीबाट बाहीरिएसंगै राप्रपामा तरङ्ग, लिङ्देन पक्ष आन्तरिक छलफलमा

  • मंगलवार, माघ २५ २०७८

  • 743
    SHARES

  • थापा पार्टीबाट बाहीरिएसंगै राप्रपामा तरङ्ग, लिङ्देन पक्ष आन्तरिक छलफलमा

    काठमाडौं – राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेपछि राप्रपामा तरङ्ग सिर्जना भएको छ । हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डालाई सशक्त बनाउने लक्ष्य लिएको पार्टीबाट महत्त्वपूर्ण हस्ती थापा बाहिरिएपछि तरङ्ग सिर्जना भएको हो ।

    गत मङ्सिर दोस्रो साता पार्टी अध्यक्षमा पराजित भएपछि थापाले आफूलाई निर्मल निवासले चुनाव हराएको दाबी गर्दै आएका छन् भने सो प्रकरणमा पार्टीले छानबिन गर्नुपर्ने माग गर्दै आएका थिए । तर, अध्यक्ष राजेन्द्र लिङ्देनले यो विषयमा छानबिन हुन नसक्ने बताएपछि उनले पार्टी नै परित्याग गरेका हुन् ।

    मंगलबार हेटौडामा पत्रकार सम्मेलन गरी थापाले आफू राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । थापाको घोषणापछि अध्यक्ष लिङ्देनले यो निर्णयलाई दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् । थापाले उठाएको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइरहेकै बेला थापा बाहिरिनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।

    थापाले पार्टी परित्याग गरेसँगै अध्यक्ष लिङ्देनले पार्टीभित्र हुनसक्ने सम्भावित क्षति रोक्न आन्तरिक छलफल तीव्र बताएका छन् । थापाले छिट्टै राप्रपाकै आफू निकटस्थ नेताहरूलाई समेटेर नयाँ पार्टी बनाउनेसम्मको तयारी गरेको भनिएको बेला लिङ्देनले आन्तरिक तयारी थालेका हुन् ।

    थापाले सोमबार राजधानीमा आफू निकटका नेताहरूको भेला बेलाएर माग सम्बोधन गर्न लिङ्देनलाई अल्टिमेटम दिएका थिए । निर्वाचनको मिति घोषणाअघि आफ्नो माग सम्बोधन गर्न थापाले लिङ्देनलाई दबाब दिएका थिए । सो अल्टिमेटम समयमा माग सम्बोधन हुन नसकेपछि उनले गृह जिल्ला हेटौडामा पुगेर पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।

     


    मंगलवार, माघ २५ २०७८०२:५७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij