Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

चारदेशीय टी–२० सिरिजअन्तर्गत नेपालले आज ओमानको सामना गर्दै

चारदेशीय टी–२० सिरिजअन्तर्गत नेपालले आज ओमानको सामना गर्दै

  • शुक्रवार, माघ २८ २०७८

  • 589
    SHARES

  • चारदेशीय टी–२० सिरिजअन्तर्गत नेपालले आज ओमानको सामना गर्दै

    काठमाडौँ । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले सिरिजको पहिलो खेलमा ओमानसँग खेल्ने लागेको हो । अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

    नेपाल ओमानलाई हराउँदै सिरिजमा उत्कृष्ट सुरुआत गर्न चाहन्छ । तर, बलियो टोली ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन । नेपालले ओमानसँग टी–ट्वान्टीमा पछिल्लो पटक २०१९ मा खेलेको थियो । जसमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो ।

    सिरिज अन्तर्गत नेपालले दोसो खेलमा युएईसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

    समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।


    शुक्रवार, माघ २८ २०७८०७:१६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij