काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै पाँच किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
दुबईबाट हिमालय एअरलाइन्सको जहाजमा शनिवार बिहान काठमाडौं आएका चिनियाँ नागरिकबाट अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा उक्त अवैध सुन बरामद भएको हो ।
विमानस्थल प्रहरी कार्यालयले चिनियाँ नागरिक राहदानी नम्बर इजे०२४८१३१ का ३६ झाङ लिलाई पक्राउ गरेको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीम ढकालले जनाकारी दिए ।