Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

दीपेन्द्रले लिए ४ विकेट, १ सय २७ रनमा समेटियो आयरल्याण्ड

दीपेन्द्रले लिए ४ विकेट, १ सय २७ रनमा समेटियो आयरल्याण्ड

  • सोमवार, फाल्गुण २ २०७८

  • 691
    SHARES

  • दीपेन्द्रले लिए ४ विकेट, १ सय २७ रनमा समेटियो आयरल्याण्ड

    काठमाडौं – चार देशीय टी–२० शृङ्खलाको तेस्रो खेलमा आयरल्याण्डले नेपाल सामु १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले सबै विकेट गुमाउँदै १ सय २७ रन बनाएको हो ।

    आयरल्याण्डका लागि जर्ज डकरेलले सर्वाधिक २८ रनको योगदान दिए भने कर्टिस क्याफरले २० रन बनाए । कप्तान एन्डी बाल्ब्रिनले १९ रन बनाउँदा लोक्रान टकरले १५ रनको योगदान दिए ।

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले घातक बलिङ गर्दै ४ विकेट लिए भने अभिनास बोहराले २ विकेट लिए । कमल ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो ।


    सोमवार, फाल्गुण २ २०७८०५:२२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij