Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

ए डिभिजन लिगमा आजदेखि ११ औं चरणका खेल

ए डिभिजन लिगमा आजदेखि ११ औं चरणका खेल

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 1.1K
    SHARES

  • ए डिभिजन लिगमा आजदेखि ११ औं चरणका खेल

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको एघारौँ चरणका खेलहरु मंगलबारदेखि सुरु हुँदै छ।

    ११ औं चरणको पहिलो दिन आज जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब तथा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लब भिड्दैछन्। दुवै खेल दिउँसो १ बजे सुरु हुनेछ।

    जावलाखेल र फ्रेन्ड्स ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भिड्नेछन् भने सोही समयमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बीबीसी र च्यासल खेल्नेछन्।

    नवौँ चरणसम्मका खेलहरु दशरथ रंगशालामा खेलाएको एन्फाले बाँकी तीन चरणका खेल भने एन्फा मैदान र दशरथ रंगशालामा खेलाउँदै छ।
    ११ औं चरणमा त्रिभुवन आर्मी फुटबल क्लब र हिमालयन शेर्पा बुधबार एन्फा मैदानमा खेल्नेछन्। सोही दिन मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लब तथा नेपाल पुलिस क्लबले थ्रीस्टार क्लबसँग खेल्नेछ।

    फागुन ५ गते न्युरोड टिम एनआरटीले संकटा क्लबसँग एन्फा मैदानमा खेल्दा एपीएफ फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।

    लिगको १० औं चरण सकिँदासम्म शीर्ष स्थानको मछिन्द्र फुटबल क्लब र आर्मी फुटबल क्लब मात्र अपराजित टोली छन्।
    मछिन्द्र ८ खेलमा जित र २ खेलमा बराबरी गर्दा २६ अंकमा शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको मनाङ ६ खेलमा जित, २ खेलमा हार र २ खेलमा बराबरी गर्दा २० अंक जोडेर दोस्रो स्थानमा छ।

    तेस्रो स्थानमा रहेको आर्मीको ४ खेलमा जित र ६ खेलमा बराबरी गर्दै १८ अंकमा तेस्रो स्थानमा छ। समान खेलबाट १७ अंक जोडेर चौथो स्थानमा थ्रीस्टारले ४ खेलमा जित, ५ खेलमा बराबरी र १ खेलमा हार भोगेको छ।

    ३ खेलमा जित, ६ खेलमा बराबरी र १ खेलमा हार भोगेको संकटा क्लब १५ अंक जोडेर पाँचौ स्थानमा छ। समान अंक भएको सातदोबाटो युथ क्लब ४ खेलमा जित ३ खेलमा बराबरी र त्यति नै खेलमा हार भोग्दै छैटौँ स्थानमा छ।

    १४ अंक भएको एनआरटी सातौँ, हिमालयन शेर्पा क्लब १२ अंकमा आठौँ, एपीएफ ११ अंकमा नवौँ, नेपाल पुलिस क्लब १० अंक जोड्लै दशौँ स्थानमा छ। ९ अंक भएको जावलाखेल ११ स्थानमा हुँदा ६ अंक भएको फ्रेन्ड्स १२ औँ स्थानमा छ।

    दशौँ चरणको खेल सकिदासम्म एक खेलमा मात्र जित निकालेको बीबीसी ३ खेलमा बराबरी र ६ खेलमा हार भोग्दै ६ अंकमा १३ औँ स्थानमा छ। तालिकाको पुछारमा रहेको च्यासल युथ क्लब १ खेलमा जित, २ मा बराबरी र ७ खेलमा हार भोग्दै ५ अंकमा तालिकाको पुछारमा छ।

    १० औं चरण सकिँदासम्म बीबीसी र च्यासल युथ क्लब रेलिगेसनबाट बच्ने संघर्षमा छन्। लिग तालिकाको पुछारमा रहेका दुई टोली बी डिभिजनमा घटुवा हुनेछन्।

     


    मंगलवार, फाल्गुण ३ २०७८०७:०९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij